+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
72/2 (12.1)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

एजुकेसन कन्सल्टेन्सी नवीकरण गर्न शिक्षा मन्त्रालयले माग्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते २०:४१

१६ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श केन्द्रहरु (एजुकेसन कन्सल्ट्यान्सी) नवीकरणका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरुलाई नवीकरण गराउन सूचित गरेको हो ।

सूचना अनुसार संस्थाहरुले नवीकरणको लागि अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । पहिलो चरणमा १६ असार देखि ५ साउनसम्म संस्थाहरुले भरेका विवरण ६ साउनदेखि १२ सम्म भेरिफिकेसन गर्ने मन्त्रालयको योजना छ । उक्त सूचना भेरिफिकेसन भएपछि २७ साउनसम्म संस्थाहरुले इमेल मार्फत कागजात पेश गर्नुपर्ने हुन्छ ।

उक्त कागजात फाइल गरेर संस्थामा राख्नुपर्ने र अनुगमनको क्रममा फाइल बुझाउनुपर्ने प्रावधान मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी पहिलो संशोधन निर्देशिका संशोधन गरेर नवीकरण प्रक्रिया अघि बढाएको हो ।

नवीकरण गर्दा कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि, सञ्चालकहरुको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, परामर्श सेवा प्रदान गर्ने कम्तीमा दुईजना परामर्श दाताको शैक्षिक योग्यताको प्रमाणपत्र, तालिमको प्रमाणपत्र आदि बुझाउनुपर्नेछ ।

त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनी अद्यावधिक पत्रको प्रतिलिपि, कम्पनी र संस्थाको कर चुक्ता र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, मन्त्रालयबाट प्राप्त गरेको सेवा सञ्चालन अनुमति र स्वीकृतिको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ ।

मन्त्रालयले तोकेको म्यादभित्र नवीकरण हुन नआएमा वा नवीकरण नगरेमा त्यस्तो संस्था खारेज हुनेछन् ।

०७५ साउन १४ भन्दा अगाडि मन्त्रालयबाट स्वीकृति पत्र प्राप्त गरेका संस्थाको नवीकरण गर्न मन्त्रालयले सूचना जारी गरेको हो । मन्त्रालयले प्रदेशमा दर्ता भएका कन्सल्टेन्सी भने नवीकरण नगराउने जनाएको छ ।

नवीकरण बापत प्रति वर्ष तीन हजार रुपैयाँ मन्त्रालयको नाममा बैंकमा जम्मा गर्नु गर्न पनि सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?