+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसको अडान : बीआरआईमा ऋण अस्वीकार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १७:१२
कांग्रेस बैठकको फाइल तस्वीर

१७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनियाँ सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने बताएको छ ।

सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो । बीआरआई र त्यस अन्तर्गतका परियोजनाबारे आफूहरु नकारात्मक नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

तर नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदान मात्र लिनुपर्ने आफूहरुको धारणा रहेको भन्दै उनले भने, अनुदानलाई नेपाली कांग्रेस सहर्ष स्वीकार गर्दछ, तर ऋण लिन सक्षम छैनौं ।’

चीन सरकारलाई पनि अनुदानका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?