+
+

डकु-ड्रामा ‘हामी छौं’ दशैंमा ओटीटीमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते ८:१०

काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकु-ड्रामा ‘हामी छौं’को पहिलो सिजनको सांगीतिक भिडियो सार्वजनिक भएको छ ।

‘यो नजिकको कुरा’ बोलको गीतमा प्रताप दास र रचना रिमालको गायन, आनन्द अधिकारीको शब्द र शम्भुजीत बासकोटाको संगीत छ । भिडियोमा डकु-ड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् ।

यात्रा थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ । भिडियोमा दृष्टिविहिनलाई सहयोग गरेको, खेतको रोपाईंलगायतका दृश्य समेटिएको छ ।

प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने डकु-ड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकु-ड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय बिनोद काफ्ले, सुनिल भन्डारी, शिब राज नेपाल, स्वरुप जङ्ग रायमाझीलगायतको अभिनय छ ।

प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकु-ड्रामा बनाइएको बताए । यो डकु-ड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो ।

डकु-ड्रामालाई रामजी राउतले निर्देशन गरेका हुन् । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजीत बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?