+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रचण्डलाई घरबाटै सुध्रन आग्रह गर्दै रेखाले भनिन्, ‘म माओवादी होइन’

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १८ गते १३:०७

चर्चाकै लागि मात्र नायिका रेखा थापाले यस्तो अभिव्यक्ति दिएकी हुन् भने नेपालीले उनको विश्लेषण आफ्नै तरिकाले गर्नेछन् । तर नायिका रेखा थापाले आफू माओवादी नभएको भन्दै यति कसैले आफूलाई माओवादी भनेको खण्डमा आपत्ती रहने जनाएकी छिन् ।rekha-party-prabeshशुक्रबार साप्ताहिकमा विभिन्न बिषयमा तर्क राख्दै रेखाले आफूलाई ‘रेखा थापा पार्टीको मान्छु हुँ’ भनेकी छिन् । उनले आफूलाई कांग्रेस, एमाले, माओवादी सबै दलको आफन्त भनेकी छिन् ।

संविधान सभाको निर्वाचन आउँन केही महिना बाँकी रहदा एमाओवादीका अध्यक्ष प्रचण्डको हातबाट टिका लगाउँदै रेखाले आफूलाई माओवादी घोषणा गरेकी थिइन् । तर एमाओवादीले निर्वाचनमा हार व्यहोरेपछि रेखाले व्यवहार परिवर्तन गरेको देखिन्छ । उनले आफू नितान्त कलाकार र समाजसेवी रेखा थापा भएको जनाएकी छिन् । आफूले पार्टीको सदस्यता नलिएको र पार्टीको कुनै पनि संगठनमा नभएको भन्दै माओवादी नभएको जनाएकी हुन् ।

एमाओवादीका अध्यक्ष प्रचण्डलाई नदेख्दा पत्रिकामा उनको स्केच मात्र देखेको बताउँदै एउटा शक्तिलाई हल्लाइरहेको त्यो स्केचले आफ्नो ध्यान तानेको उनले जनाएकी छिन् । कुनै समय एमाओवादीका नेताको गुनगान गाएर नथाक्ने रेखाले चारैतिर आठपहरिया राखेर चिल्ला गाडी चढ्ने माओवादीका नेताहरुमा ‘साम्यवाद’ नभएको बताएकी छिन् । उनले माओवादी नेताहरु बास्तविक माओवादी नभएको भन्दै आफू भित्र पहिले देखि नै माओवाद रहेको तर्क गरेकी छिन् ।

प्रचण्डलाई घर भित्रबाटै सुध्रन सुझाव दिदै रेखाले आफ्नै छोरा बुहारीलाई सुधार्न भनेकी छिन् । उनले आफ्नो जीवनसाथी हुन चाहनेलाई योजना लिएर आउन आग्रह गरेकी छिन् । जीवनमा लभै पर्दैन भन्ने रेखाले ४ वटा छोराछोरी आफ्नो भैसकेकाले अब कतिवटा बनाउने भन्ने योजना लिएर आउन आग्रह गरेकी हुन् ।maobadi-rekha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?