+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एक महिनामै सेयर मूल्य ५० प्रतिशतभन्दा धेरै बढेका यी ४ कम्पनी 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते ९:३९

६ साउन, काठमाडौं । पछिल्लो एक महिनामा समग्र सेयर बजार १७.२१ प्रतिशत बढेको छ । असार ६ गते नेप्से परिसूचक २०६८ अंकमा रहेकोमा साउन ६ गते २४२४ अंकमा पुगेको छ । नेप्से परिसूचक १७ प्रतिशत बढ्दा ४ कम्पनीको मूल्य भने ५० प्रतिशतभन्दा धेरै बढेको छ ।

मन्दाकिनी हाइड्रोपावरको मूल्य एक महिनामा ५१ प्रतिशत बढेको छ । त्यस्तै नेपाल फाइनान्सको ५१.५, गणपति माइक्रोफाइनान्सको ५८ तथा सिक्लेस हाइड्रोपावरको मूल्य ६७ प्रतिशत बढेको छ । विगत एक महिनामा सबैभन्दा धेरै मूल्य बढ्नेमा यीनै ४ कम्पनी रहे ।

एक महिनामा मन्दाकिनी हाइड्रोपावरको मूल्य प्रतिकित्ता २३५ रुपैयाँ बढेर ७०० रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल फाइनान्सको ३३९ रुपैयाँ बढेर ९९७.८० पुगेको छ भने गणपति माइक्रोफाइनान्सको ७६३ रुपैयाँ बढेर २०७५ रुपैयाँ मूल्य कायम भएको छ । एक महिनामा सिक्लेस हाइड्रोपावरको मूल्य प्रतिकित्ता ३९१ रुपैयाँ बढेर ९७२ रुपैयाँ कायम भएको छ ।

यी ४ कम्पनीसहित एक महिनामा मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा माथिल्लो मैलुङखोला (४२ प्रतिशत), आरम्भ चौतारी लघुवित्त (४२ प्रतिशत), सेन्ट्रल फाइनान्स (३९ प्रतिशत), गुहेश्वरी मर्चेन्ट फाइनान्स (३५ प्रतिशत), आँखुखोला जलविद्युत् (३५ प्रतिशत) र जानाकी फाइनान्स (३५.३) प्रतिशत रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?