+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १८:१८

९ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडलेले नेपालमा उत्पादित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि टोलीसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रूपमा देखा परेका समस्यालाई हटाउँदै जाने बताएका हुन् ।

उनले समस्यालाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोजिने बताए ।

महासंघले निर्यात वृद्धिका लागि नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्द्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरेको छ ।

महासंघले उत्पादन लागत कम गर्न निर्यातजन्य उद्योगहरूलाई लगानी गर्दा बैंक ब्याजदरमा ५ प्रतिशतको अनुदानका साथै बैंकहरूको कुल ऋण प्रवाहको ५ प्रतिशत निर्यातजन्य उद्योगहरूमा अनिवार्य लगानीको व्यवस्था गर्न, निर्यात–आयात बैंक स्थापना गरी निर्यात उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातको व्यवस्था गर्नुपर्ने लगायत १७ वटा सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?