+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अखिल समाजवादीले गर्‍यो त्रिवि घेराउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते २०:१७

९ साउन, काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अखिल समाजवादीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ ।

त्रिविले २०८० वैशाखमा सञ्चालन गरेको स्नातक तह पहिलो वर्षको स्वास्थ्य तथा जनसंख्या विषयको १६५ थान र फाउन्डेसन अफ एजुकेसनको १७६ थान उत्तरपुस्तिका हराएको थियो ।

त्रिविले पूर्व रजिस्ट्रार डा. चन्द्रमणि पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनले दोषी करार गरेका व्यक्तिलाई तत्काल कारबाही गर्न माग गर्दै संगठनले पदाधिकारीको कार्यालय घेराउ गरेको हो ।

संगठनका अध्यक्ष रवीन्द्र सीले भने ‘प्रतिवेदनले दोषी ठहर गरेको परीक्षा नियन्त्रक, सहनियन्त्रक लगायत गैरजिम्मेवार कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्छ ।’ कारबाही नगर्ने हो भने छानबिन समितिको गठन गर्नुको औचित्य नरहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?