+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महोत्तरीमा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १४:५२

१४ साउन, जनकपुरधाम । महोत्तरीमा बालुवा झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर स्थानीय १३ वर्षीय रिदम अधिकारीको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार शनिबार बिहानै घरबाट निस्केका रिदम अबरेसम्म नफर्किएपछि परिवारजनले खोजबिन सुरु गरेको थियो ।

उनको शव खाल्डोमा डुबेको अवस्थामा आइतबार दिउँसो साढे दुई बजेतिर फेला परेको हो ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?