+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘नमेटिने घाउ’को नयाँ पोस्टरमा माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १४:०८

काठमाडौं । अभिनेता तथा निर्देशक रमित ढुंगानाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेटेर आगामी फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र पोस्टरमा राख्दा धेरैले नेता नेपालबारे चासो राखेका थिए ।

यही चासोबीच नेता नेपाललाई केन्द्रीय भागमा चित्रण गर्दै ढुंगानाको उक्त फिल्मको पोस्टर सार्वजनिक भएको छ । फिल्ममा नेपालले एसिड आक्रमणविरुद्ध प्रतिबद्धता जनाउने नेताको भूमिका निर्वाह गरेका छन् । गत महिना उनले यसको छायांकन गरेका थिए ।

सत्य घटनामा आधारित भनिएको यो फिल्मको प्रदर्शन भदौ ७ गतेलाई तय छ । फिल्मले एसिड आक्रमण सर्भाइभरको कथा भन्छ । यसमा ३३ जना यस्ता घटनाका पीडितलाई चित्रण गरिएको छ ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय छ ।

फिल्ममा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत २०० भन्दा बढी प्रहरीको अभिनय छ । सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले पनि फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?