+
+

गुल्मीमा लेदोसहितको बाढीमा फस्यो बस

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १६:२२

४ भदौ, गुल्मी । गुल्मी जिल्लामा लेदोसहितको बाढीले गुडिरहेको बसमा क्षति पुर्‍याएको छ । रुरुक्षेत्र गाउँपालिका-१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

राजमार्गको तम्घास-बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरेको छ । यात्रु सबैजना बसबाट सकुल बाहिर निस्किएका छन् । राजमार्गको रिडी देखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।

सडक बिस्तारले अहिले वर्षको समयमा हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । अहिले उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ ।  बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?