+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

समीकरण भत्किन्छ, माओवादीलाई खोज्दै आउँछन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १९:१४

१० भदौ, पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै टुट्ने दाबी गरेका छन् । त्यो बेला दलहरु सरकार बनाइदिनुपर्‍यो भन्दै माओवादी खोज्दै आउने समेत बताए ।

पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा प्रचण्डले कांग्रेस एमालेको गठबन्धन विचार वा एजेण्डाले नबनेको बताए । ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन त टिक्दै टिक्दैन’, उनले भने, ‘भन्थ्यो भन्नुहोला, धेरै समय लाग्दैन, यो समीकरण भत्किन्छ ।’

त्यो बेला अहिलेका नेताहरु नै सरकार बनाइदिन पर्‍यो भनेर माओवादीलाई खोज्दै आउने बताएका छन् । तर माओवादी अब सरकारको खेलमा नलाग्ने उनको प्रतिवद्धता छ ।

उनले अगाडि भने, ‘छिट्टै नै सरकार बनाइदिनुपर्‍यो भनेर माओवादीलाई नै खोज्दै आउने छन्, तर अब हामी त्यो खेलमा लाग्दैनौं, तपाईंहरु पनि जनतालाई बुझाउन लाग्नोस् ।’

प्रचण्ड कांग्रेसप्रति लचिलोमात्रै थिएनन्, छिट्टै कांग्रेसले नै सरकार बनाउन माओवादीसँग प्रस्ताव गर्ने समेत संकेत गरेका छन् ।

माओवादी निकट प्रेस सेन्टरमा आवद्ध पत्रकारहरु भएको छलफलमा पनि प्रचण्डले प्रेस युनियनसँग मिलेर जाने कोशिस गर्न सुझाए । पत्रकारहरुले महासंघको चुनावबारे जिज्ञासा राख्दा यो गठबन्धन धेरै नजाने भएकाले पनि युनियनसँग अलि बढी जोड गर्न आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?