
फाइल तस्वीर
१६ भदौ, काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।
वायुसेवा कम्पनीहरूका अनुसार आइतबार काठमाडौं–तुम्लिङटार क्षेत्रका उडानहरू रद्द भएका छन् ।
पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवा रुटमा समेत उडान रद्द भएको बुद्ध एयरले जनाएको छ ।
पोखराबाट काठमाडौंमा दुई उडान मात्र सम्भव भएको छ । काठमाडौंबाट पोखरामा भने एउटा पनि उडान भएको छैन ।
अन्तर्राष्ट्रिय तर्फ भने कुनै प्रभाव नपरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4