
१८ भदौ, काठमाडौं । यतिबेला सेयर बजारमा ५ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । बजार अघिल्लो दिन ४.७२ प्रतिशत बढ्दा यी ५ कम्पनीले भने उच्च मूल्य रेकर्ड बनाएका हुन् ।
मितेरी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, राधि विद्युत् कम्पनी, रिभर फल्स पावर र एनएलजी इन्स्योरेन्स हालसम्मकै उच्च मूल्यमा पुगेका हुन् । यसअघि बोनस वा हकप्रद सेयर जारी भएको खण्डमा सो समायोजनपछि यी कम्पनीको मूल्य अहिलेसम्मकै उच्च कायम भएको हो ।
सोमबार बजार बन्द हुँदा मितेरी डेभलपमेन्ट बैंकको मूल्य ३.०७ प्रतिशत बढेर ८०५ रुपैयाँ पुगेको छ । त्यस्तै गुडविल फाइनान्स ८.१३ प्रतिशत बढेर १३३० रुपैयाँ पुगेको छ भने राधि विद्युत् कम्पनी २.८९ प्रतिशत बढेर ४६३ रुपैयाँ पुगेको छ । रिभर फल्स पावरको ८.९२ प्रतिशतले मूल्य बढेर ५१३ रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सको १० प्रतिशतले बढेर ११५५ रुपैयाँ मूल्य कायम भएको छ ।
हालसम्मकै उच्च मूल्यमा पुगेका यी ५ कम्पनीमा मितेरीको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षसम्म १४ रुपैयाँ ३६ पैसा छ । त्यस्तै राधि विद्युत्को ५ रुपैयाँ २८ पैसा, रिभर फल्स पावरको ८ रुपैयाँ ८० पैसा, गुडविल फाइनान्सको १५ रुपैयाँ ६९ पैसा र एनएलजी इन्स्योरेन्सको १६ रुपैयाँ ४६ पैसा छ ।
कम्पनी | सोमबारको वृद्धिदर प्रतिशत | हालको मूल्य | प्रतिसेयर आम्दानी (असार ०८१) |
मितेरी डेभलपमेन्ट बैंक | ३.०७ | ८०५ | १४ रुपैयाँ ३६ पैसा |
गुडविल फाइनान्स | ८.१३ | १३३० | १५ रुपैयाँ ६९ पैसा |
राधि विद्युत् | २.८९ | ४६३ | ५ रुपैयाँ २८ पैसा |
रिभर फल्स पावर | ८.९२ | ५१३ | ८ रुपैयाँ ८० पैसा |
एनएलजी इन्स्योरेन्स | १० | ११५५ | १६ रुपैयाँ ४६ पैसा |
प्रतिक्रिया 4