+
+
Shares

अग्रवाल सेवा समाजले गणेशको मूर्ति गल्छीमा सेलाउने

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ भदौ २४ गते १३:४८

२४ भदौ, काठमाडौं। विघ्नहर्ता गणेशको पूजा आराधनागरी मनाइएको गणेश चतुर्थी पर्व समापन गरिएको छ ।

काठमाडौं कमल पोखरीमा रहेको अग्रवाल सेवा समाजले प्रत्‍येव वर्ष गणेश चतुर्थीमा गणेशको मूर्ति बनाएर पूजा गर्दै आएको छ ।

यसवर्ष भने गणेशको मूर्ति त्रिशुलीस्थित गल्छीमा सेलाउने अग्रवाल सेवा समाजले जनाएको छ । सोही अनुसार गणेशको मूर्तिलाई गाडीमा राखेर त्यसतर्फ लगिएको समाजले जनाएको छ ।

प्रत्येक वर्ष हरितालिका(तीज) पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ।

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?