 
																			२ असोज, काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक पदका लागि ८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा आवेदन दिएकामध्ये योग्य ८ जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।
मन्त्रालयका अनुसार कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता विधिबाट एक जना उम्मेदवारलाई यो पदमा नियुक्त गरिने छ ।
मन्त्रालयका अनुसार सेजमा भुपेन्द्रप्रसाद अर्याल, रामप्रसाद पौडेल, कृष्णसिंह बस्नेत, नवराज सापकोटा, छत्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र संजय कुमारको दरखास्त स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।
कार्ययोजना प्रस्तुततीकरण र अन्तर्वार्ताका लागि पछि समय तय हुने समेत बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4