+
+

‘साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १३:५६

६ असोज, काठमाडौं । साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स (एसिक्स) को ३६ औं शृङ्खलाको तेस्रो दिनमा चलेको विभिन्न सत्रमा सहभागीहरूले साना र मझौला उद्यम (एएसएमई) लाई सघाउन कर्जा सुनिश्चित गर्ने संस्थाको महत्त्वपूर्ण भूमिका रहने बारे चर्चा भयो ।

आइतबार पाँच सत्रमा छलफल भएका थिए ।

छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एएसएमईहरूले अहिले धेरै चुनौती र बाधाको सामना गर्नु परेको बताए ।

‘कर्जा सुनिश्चित गर्ने संस्थाले ऋणको माग र आपूर्ति बीचको खाडल पुर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्,’ उनले भने ।

उनले यस्ता संस्थाले केन्द्रीय बैंकसँगको सहकार्यमा सबै क्षेत्रमा दिगो वृद्धि हुने किसिमले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्डोनेसियाली विज्ञ नुर श्यामसुदादी र जापान क्रेडिट ग्यारेन्टी महासंघका हातानोले इन्डोनेसिया सरकारले साना तथा मझौला उद्यमको वित्तीय साक्षरता बढाउने अभियान सञ्चालन गरी ८० प्रतिशतभन्दा बढी उद्यमको कर्जा योग्यता बढाउने कामबारे चर्चा गरे ।

हातानोले यस्ता उद्यममा डिजिटल प्रविधिको विकासले ल्याएको चुनौती अवसरबारे समेत प्रकाश पारेका थिए ।

अर्को छलफलमा एसियाली नवीनतम वित्त व्यवस्थाका सफल उदाहरणबारे चर्चा गरिएको थियो ।

छलफलमा कोडिट एआईमा आधारित बस प्रणाली (जसले साना तथा मझौला व्यवसायलाई आफ्नो कर्जाको योग्यता तत्कालै जाँच्ने सजिलो प्रविधिको विकास गरेको छ) बारे चर्चा भएको छ ।

एआईमा आधारित वित्तीय सेवाबारे समेत छलफल भएको छ ।

पर्यटन, ऊर्जा समेतका विभिन्न किसिमका उद्यममा सघाउन भइरहेको प्रयासबारे पनि चर्चा गरिएको थियो ।

भारतको साना तथा मझौला उद्यम कोषकी व्यवस्थापक रिचा चौधरीले भनिन्, “यस्ता ऋणले साना उद्यम र उनीहरूका सिर्जनात्मक तथा नवीनतम सोचहरूमा प्राण भर्ने काम गर्दै आएको छ ।’

उनका अनुसार यो कोषको कार्यक्षेत्र भारतका ८५ प्रतिशतभन्दा बढी साना तथा मझौला उद्यमसम्म पुग्न र आर्थिक रूपमा सघाउन सक्ने किसिमको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषकी प्रमुख मन्दिरा थपलियाले कोषले हालसम्म झन्डै १४ लाख ऋणिलाई डेढ अर्बभन्दा बढी नवीन सोच र उद्यमलाई सघाएको बताइन् ।

आइतबार नै भएको अर्को सत्रमा विभिन्न उद्यम र त्यसका लागि कर्जा सुनिश्चित गर्ने संस्था दुवैका लागि वित्तीय नवीनता, जोखिम व्यवस्थापन र आम्दानी बढाउन मूल्य रणनीतिले खेल्ने भूमिकाबारे छलफल भएको थियो ।

कार्यक्रमका वक्ताहरूले प्रस्तावित उद्यम र लगानीकर्ता दुवैलाई सघाउन र सम्भावित जोखिम कम गर्ने गरी मूल्यका नमूना निर्माण गर्ने तरिकामा छलफल गरेका थिए ।

कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले परियोजनाको सम्भाव्यता र मूल्य प्रणाली बीच सन्तुलन मिलाउन मिलाउनु आवश्यक रहेको बताए ।

कोरिया रिजनल क्रेडिट ग्यारेन्टी फाउन्डेसनका प्रतिनिधिले प्रविधि नवीनतामा आधारित साना तथा मझौला उद्यमलाई सघाउन आफ्नो संथाको सक्रिय अभियानबारे जानकारी गराए ।

उनले कसरी संस्थाले धोकाधडी लगायत पूर्व जोखिम र व्यवसाय डुब्नेजस्ता अन्य जोखिमलाई प्रविधिको प्रयोग मार्फत कम गर्न सघाइरहेको बताए ।

आइतबार नै भएको ‘अनिश्चितताका बीच दिगो सुनिश्चितता सम्बन्धी कार्यक्रम निर्माण’ नामक सत्रमा प्राध्यापक सुरेश मानन्धरले बढ्दै गएका चुनौतीका बीच कर्जा सुनिश्चिततालाई दिगो बनाउने बताए ।

वक्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट कर्जा सुनिश्चित गर्ने र कार्यक्रमलाई दीर्घकालीन बनाउनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?