+
+
Shares

अखिल क्रान्तिकारीको अध्यक्षमा कार्कीले गरे उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १८:४२

८ असोज, काठमाडौं । अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सुरु हुनुभन्दा दुई दिनअघि उम्मेदवारी घोषणा गरेका उनले आफ्नो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिडाउनका निम्ति भएको बताएका छन् ।

उनले उम्मेदवारी घोषणा पत्रमा लेखेका छन्, ‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको हैन, उत्तरहरुको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो ।’

उनले विद्यार्थी आन्दोलनको पुनर्जीवनका लागि अखिल (क्रान्तिकारी) को पुनर्गठन आवश्यक रहेको उल्लेख गरेका छन् ।

कार्कीले अध्यक्ष पञ्चा सिंहविरुद्ध समानान्तर गतिविधि गरेका थिए ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उदघाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १० असोजमा कीर्तिपुरमा गर्दैछन् ।

अखिल क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । अध्यक्ष पदमा नरेश रेग्मी, दीपेश पुन, मदन भुल, मदन भट्टराई, केशव रावल, क्षितिज सापकोटा, प्रविणा अधिकारी, जीपी मैनाली लगायतले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?