+
+
Shares

सीटीईभीटीसँग अखिल क्रान्तिकारीको ११ बुँदे माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्राप्त प्रशिक्षार्थीलाई स्वरोजगार बनाउन प्रमाणपत्र धितोमा राखी सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी निकट अखिल क्रान्तिकारीले ११ बुँदे माग राखेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा ज्ञापनपत्र बुझाएको छ।
  • क्रान्तिकारी महासचिव रोशन थापाले स्वास्थ्यसम्बन्धी कार्यक्रम हटाउने परिषद्को प्रवृत्ति तत्काल रोक्न सदस्यसचिव महेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको बताए।
  • क्रान्तिकारीले प्राविधिक शिक्षा निःशुल्क र गैरनाफामुखी संस्थामार्फत सञ्चालन गर्न, प्रशिक्षार्थीलाई स्वरोजगार बनाउन ऋण उपलब्ध गराउन माग गरेको छ।

९ भदौ, काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ११ बुँदे माग राखेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीका महासचिव रोशन थापाले सीटीईभीटीको बेथिति रोक्न माग गर्दै सदस्यसचिव महेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको बताए ।

‘आङ्गिक शिक्षालयहरूमा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गरी सर्वसुलभ शिक्षाको प्रत्याभूति हुने गरी तत्काल सञ्चालन गर्नुपर्ने । दलाल, बिचौलिया तथा स्वार्थसमूहको चलखेलमा परेर स्वास्थ्यसम्बन्धी कार्यक्रम हटाउने परिषद्को प्रवृत्ति तत्काल रोकियोस्,’ क्रान्तिकारीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

चलखेल गरी कतिपय संस्थाहरूमा बिना सम्बन्धन कार्यक्रम संचालन गरेको विषयमा छानबिन गर्न क्रान्तिकारीले माग गरेको छ । प्राविधिक शिक्षा निःशुल्क र गैरनाफामुखी गुठी, प्रतिष्ठान तथा सहकारीमार्फत सञ्चालन गर्नुपर्नेमा क्रान्तिकारीको जोड छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्राप्त प्रशिक्षार्थीलाई स्वरोजगार बनाउन प्रमाणपत्र धितोमा राखी सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरेको छ ।

परीक्षा समयमा सञ्चालन र नतिजा समयमै प्रकाशन गर्नुपर्ने लगायतको माग राखेर क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको हो ।

हेर्नुहोस् ज्ञापनपत्र :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?