+
+
Shares

त्रिवि शुल्क विवाद : वार्तामा गएनन् विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १९:५३
पानीमा रुझ्दै रिले अनशनमा बसेका अखिल क्रान्तिकारीका विद्यार्थीहरू ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले लिने शुल्क घटाउनु पर्ने माग राखेर आन्दोलन गरिरहेका छन्।
  • त्रिभुवन विश्वविद्यालयको वार्ता टोलीले बुधबार साढे ४ बजेदेखि साँझ पौने ६ बजेसम्म वार्ताका लागि प्रतीक्षा गर्‍यो तर विद्यार्थीहरू वार्तामा उपस्थित भएनन्।
  • विद्यार्थीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएपछि शुल्क घटाउनुपर्ने माग राखेका छन्।

२८ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने शुल्क घटाउनु पर्ने माग राखेर आन्दोलन गरिरहेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरू आज वार्तामा गएनन् ।

त्रिविको वार्ता टोली बुधबार साढे ४ बजेदेखि साँझ पौने ६ बजेसम्म वार्ताका लागि आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरू कुरिरहेको थियो । तर क्रान्तिकारीका विद्यार्थी वार्तामा गएनन् ।

‘हामी बुधबार साढे ४ बजेदेखि साँझ पौने ६ बजेसम्म प्रतीक्षामा बस्यौं । उहाँहरूको आन्तरिक कारणले आज आउनु भएन,’ वार्ता समितिका संयोजक प्राध्यापक पशुपति अधिकारीले भने ।

क्रान्तिकारीका त्रिवि इन्चार्ज ममता जोशीका अनुसार वार्तामा सहभागी हुने केही विद्यार्थी बाहिर भएकाले आज नगएको बताइन् ।

‘वार्ता अस्वीकार गरेका होइनौं । केही साथी बाहिर भएका कारण वार्तामा नगएको हौँ,’ उनले भनिन् ।

अखिल क्रान्तिकारीका विद्यार्थी शुल्क घटाउनु पर्ने माग राखेर त्रिभुवन विश्वविद्यालयमा रिले अनशनमा छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो ।

विभागमा गाभिएपछि शुल्क घटाउनु पर्ने माग विद्यार्थीहरूले राखेका हुन् ।  आन्दोलनरत विद्यार्थीका अनुसार यो चार वटा प्रोग्राम पहिले प्राइभेट थियो ।

विभागका शिक्षक, कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन अहिलेसम्म नभएको विद्यार्थीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?