+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अमेरिकाबाट ओलीले भने-कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु, विपदको बेला हातेमालो गरौं

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते ८:२४

१३ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् ।

असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो ।

बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’ उनले विपदको बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न पनि अपिल गरेका छन् ।

राष्ट्रसंघको महासभालाई ओलीले असोज १० गते सम्बोधन गरेका थिए । त्यसअघि र पछि उनले विभिन्न सेसनमा भएका छलफलमा भाग लिनुका साथै साइडलाइन भेटवार्ता पनि गरेका थिए ।

अविरल वर्षासँगै शुक्रबार र शनिबारको बाढी, पहिरो र डुबानले १०० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामै ४८ जनाको मृत्यु भएको छ । विपदको बेला केही स्थानमा उद्धारका काम प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?