+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

घटस्थापनादेखि पहिलो स्याउ मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १९:५५

१५ असोज, काठमाडौं । नेपालमा पहिलो पटक स्याउ मेला हुने भएको छ । घटस्थापनादेखि ठमेलस्थित होटल मनाङको सहकार्यमा किसान भेन्चरले स्याउ मेला गर्न लागेको हो ।

१७ असोजदेखि ‘प्रथम नेपाल एप्पल फेस्ट २०२४’ हुने भएको किसान भेन्चरका सञ्चालक राजेश कार्कीले जानकारी दिए ।

स्याउ मेला मनाङ होटल र उत्पला क्याफे बौद्धमा हुनेछ । साथै, नेपालभरि उत्पादन हुने ३७ प्रजातीको स्याउ डिजिटल प्रदर्शनीमा राख्ने कार्कीले बताए ।

‘यो दशैं, स्याउसँग मनाऔं’, खुशी बाँडौं, स्वस्थ खानेकुरा खाऔं’ भन्ने नारासहित तीन दिनसम्म चल्ने स्याउ मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोट सहित विभिन्न जिल्लाबाट ल्याइएका ५० टन स्याउ प्रदर्शनमा राखिने छ ।

गाला, फुजी, रेड डिलिसियस र गोल्डेन स्याउका एप्पल स्मुथ, एप्पल पानीपुरी, एप्पल लेमन मिन्ट, मनाङ एप्पल सलाद, एप्पल चिकेन विथ राइस, एप्पल पनिर विथ राइस, एप्पल पाई, एप्पल टार्ट, एप्पल आइसक्रिम, एप्पल केकलगायत ११ भन्दा बढी परिकारका स्वाद मेलामा रहने छ ।

भेन्चरका सञ्चालक कार्कीका अनुसार स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनु मेलाको उद्देश्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?