+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रोशीका स्वास्थ्य संस्थाहरु दशैमा पनि सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १९:००

१७ असोज, काभ्रे। अविरल बर्षाका कारण बाढिपहिरोले धेरै नै क्षति पुर्याएपछि रोशी गाउँपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरु दशैमा पनि सञ्चालन हुने भएको छ ।

पालिकाको विपद व्यबस्थापन समितिको बैठकले बाढिपहिरोले गर्दा स्थानीयले पिउने पानी तथा वातावरण प्रदुषण भै महामारी फैलन सक्ने भन्दै त्यसको रोकथामका तथा नियन्त्रणका लागि सबै स्वास्थ्य संस्था दशैमा पनि खुल्ला राख्ने निर्णय गरेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

महामारी फैलनु भन्दा अगाडि नै सजग भएर काम गर्न पनि अध्यक्ष लामाले स्वास्थ्यकर्मीहरुलाइ अनुरोध गरे ।रोशीमा एक वटा अस्पतालसहित १४ वटा स्वास्थ्य संस्था रहेको छ । अस्पतालको १५ शैयाको भवन निर्माणाधीन अवस्थामै बाढीले बगाएको छ ।

रोशीमा प्रारम्भीक क्षतिको विवरण अनुसार बाढी र पहिरोका कारण १५ शय्याको अस्पताल बाढीले बगाएको तथा रोशी १ मा रहेको स्वास्थ्य चौकी पूर्ण रुपमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?