+
+

टेन प्लास्ट इन्डस्ट्रिजले बाढीपहिरो प्रभावितलाई ५० प्रतिशत छुट दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते १७:३८

काठमाडौं । टेन प्लास्ट इन्डस्ट्रिजले बाढीपहिरो प्रभावितलाई पुनर्निर्माणमा प्रयोग हुने सामग्रीमा कम्पनीले तोकेको मूल्यमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

११ र १२ असोजको अत्यधिक वर्षाले प्रभावित बाढीपहिरो प्रभावितलाई “मजबुत सम्बन्धको शुभारम्भ” अभियान मार्फत यस्तो घोषणा गरेको हो ।

यस घोषणाले बाढीपहरो प्रभावित परिवारलाई पुनर्स्थापित गर्न सहयोग पुग्ने विश्वास इन्डस्ट्रिजको छ ।

टेन प्लास्ट इन्डस्ट्रिजले बाढीपहिरो प्रभावित परिवारहरूको भौतिक संरचना पुनर्निर्माणमा सहयोग गर्न सीपीभीसी, यूपीभीसी पाइप र फिटिङमा कम्पनीले तोकेको मूल्यमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

विपत्तिमा परेका नागरिकको भौतिक संरचना पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता अनुसार टेन प्लास्ट इन्डस्ट्रिजले प्रभावित नागरिलाई पुस मसान्तसम्म स्थानीय प्रशासनबाट जारी गरिएको सन्दर्भ पत्र पेस गरी छुट लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?