+
+

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २७ गते ८:००

२७ असोज, काठमाडौं । सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरुको लामो लाइन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?