 
																			४ कात्तिक, काठमाडौं । सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन जारी राख्ने भएको छ ।
शुक्रबार पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत, कास्कीले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। रवि पक्राउ परेसँगै रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरेको थियो ।
प्रत्येक जिल्लाबाट कम्तिमा १०० जना कार्यकर्तालाई पोखरा उत्रन सर्कुलर गरेको थियो । कास्कीको आसपासका जिल्लाबाट सय भन्दा बढी कार्यकर्ता पोखरामा भेला भएको रास्वपाका नेताहरुले जानकारी गराएका छन् । प्रहरी र प्रदर्शनकारीवीच तनाव समेत भएको थियो ।
प्रदर्शनकारी जिल्ला अदालततर्फ बढेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहराले तितरवितर पारेको थियो।
अब देशभर प्रदर्शन गर्ने रास्वपा सहप्रवक्ता प्रतिभा रावलले बताइन् । ‘हाम्रो प्रदर्शन थप सशक्त बनाएर भोलि पर्सि पनि जारी रहन्छ’ रावलले अनलाइनखबरसँग भनिन्,‘अब पोखरामा मात्रै सीमित भएर प्रदर्शन हुँदैन, देशैभरी गर्छौं ।’
सह प्रवक्ता रावलका अनुसार कार्यकर्तासँगै रास्वपामा आवद्ध नभएका व्यक्तिहरु सहभागी भएको बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4