५ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको समितिका सदस्य सचिवसमेत रहेका आईजी बसन्तबहादुर कुँवरले जानकारी दिए ।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4