+
+

ट्रम्पले भने- पुटिनसँग वार्ताका लागि तयार छु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १२:५२

२३ कात्तिक, काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएका डोनाड ट्रम्पले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।

अमेरिकी समाचार संस्था एलबीसीसँगको संवादमा उनले यस्तो बताएको एनबीसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मैले आजसम्म पुटिनसँग वार्ता गरेको छैन, तर भविष्यमा हुनसक्छ भन्ने कुरालाई पनि नकार्न मिल्दैन’, ट्रम्पले भने, ‘भ्लादिमिर जेलेन्स्की र बेन्जामिन नेतान्याहुलगायत अय धेरै नेताहरुसँग पनि मेरो कुरा भइसकेको छ ।’ ट्रम्पले आफू र बाइडेनले चाँडै नै सँगै डिनर गर्ने सहमति समेत गरेको बताए ।

सन् २०१६ मा पनि राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको अभियानलाई बढावा दिन रुसी हस्तक्षेपको आरोप लागेको थियो । तर, रुसले भने त्यस्ता सबै आरोपहरु अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?