+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १४:१९

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बुधबार भएको सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल विद्युतीय व्यवसायी महासंघले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।

संघमा आबद्ध उद्यमीले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा प्राप्त गर्नेछन् ।

साथै प्रचलित कानुन अनुसार घर कर्जा, सवारी कर्जा, सेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरू समेत प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?