+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कान्समा ‘ग्राण्ड जुरी’ विजेता फिल्म काठमाडौंको मानवअधिकार फेस्टिभलमा देखाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १८:४३

काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक भएको छ । महोत्सवले डकुमेन्ट्री, सर्ट्, एनिमेसन, फिक्सन विधाका फिल्मको सूची सार्वजनिक गरेको हो ।

नेपालसहित २३ देशका ४७ फिल्म छनोटमा भएको आयोजकले जनाएको छ । महोत्सवमा विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी प्रिक्स विजेता पायल कपडियाको ‘अल वी इमाजिन एज लाईट’ स्क्रिनिङ हुने भएको छ ।

सर्ट सेक्सनमा अर्वाड प्राप्त ‘द म्यान हु कुडनट रिमेन्न साईलेन्स’, ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘एन आउटरन’, ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जेनेरेशन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’, बर्लिनमै छनोट भएको ‘ओटिट’ लगायत चलचित्र पनि प्रतिस्पर्धाका लागि छनोट भएका छन् । अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाऊ टु प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएको महोत्सव आयोजकले बताएको छ ।

सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले मानवअधिकारसँग सम्बन्धित चलचित्रको प्रवद्र्धन र प्रदर्शन लागि नियमित रुपमा महोत्सव गर्दै आएको छ । केन्द्रले मानवअधिकारको पैरवीका लागि विभिन्न अन्तक्रिया तथा गोष्ठी पनि आयोजना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?