+
+

झापामा ८३ वर्षीया वृद्धाको हत्या, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते ११:१०

२३ मंसिर, काठमाडौं । झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका-७ का २४ वर्षीय अशोक यादव छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।

२२ मंसिरको साढे ४ बजेतिर झापा गाउँपालिका-६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया वृद्धा फुलमाया मुर्मु मृत अवस्थामा भेटिएका थिए । त्यसपछि अनुसन्धानमा झापा प्रहरीका साथै प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहितको टोली अनुसन्धानमा खटिएको थियो । वृद्धालाई टाउको र चिउडोमा प्रहार गरी हत्या गरेको खुलेको थियो ।

हत्यामा प्रयोग भएको कलको ह्याण्डिल र फरुवा समेत प्रहरीले बरामद गरेको छ । हत्यापछि लुटिएको मोबाइल र एउटा साइकल समेत प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?