+
+

प्रहरीको सम्पर्कमा आए फूलचोकीको जंगलबाट हराएका १३ जना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते २०:४९

८ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकी जंगलबाट हराएका १३ जना व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार हराएका १३ जनानै प्रहरीको सम्पर्कमा आइसकेका छन् । ‘उनीहरू सम्पर्कमा आएका छन्,’ एसएसपी खनालले भने, ‘प्रहरीसहितको टोलीले अहिले उनीहरूलाई ल्याउँदैछ ।’

फूलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?