+
+

३० लाखको गाडी कसैले दाबी गरेन, ५ महिनापछि भन्सार बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १०:२२

२१ पुस, काठमाडौं । रौतहटमा बेवारिसे अवस्थामा फेला परेको गाडी पाँच महिनापछि प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।

गत साउन २७ गते दिउँसो नियन्त्रणमा लिएको बीआर ०१ पीएल ९३८७ नम्बरको महिन्द्रा कम्पनीको स्कारपियो गाडी प्रहरीले गत शुक्रबार गौर भन्सार कार्यालयमा बुझाएको हो ।

चोरीको गाडी चलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले दुर्गाभगवती गाउँपालिका-३ मतसरीमा फेला पारी नियन्त्रणमा लिएको थियो ।

लामो समयसम्म पनि उक्त गाडी कसैले दाबी नगरेपछि भन्सार पठाइएको प्रहरीले जनाएको छ । उक्त गाडीको मूल्य ३० लाख बराबरको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?