+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

रासस रासस
२०८१ पुष २४ गते १६:१०

२४ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मंगलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एक सय ५० र राजेशले आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?