 
																			२४ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासँस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार नेवाः देय्ः दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेवाःसमुदायभित्र विविधता भएपनि विविधिताभित्र एकता भएको बताए ।
‘भाषा, सँस्कृति,पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिररहेको छ । यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आफ्नो भेषभूषा, कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’
समयको माग अनुसार संविधान संशोधन हुन्छ
उपप्रधानमन्त्री सिंहले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताएका छन् ।
‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ । संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ । संविधानलाई थप प्रभावकारी बनाउन र जनतालाई अझ धेरै अधिकार दिनका लागि संशोधन हो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4