काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘ग्रिन क्लाइमेट फन्ड’ (जीसीएफ) बाट मान्यताप्राप्त नेपालकै पहिलो वाणिज्य बैंक बनेको छ ।
एनआईएमबीले ५ करोडदेखि २५ करोड अमेरिकी डलरसम्मका मध्यम आकार वर्गका जलवायु वित्त परियोजना व्यवस्थापन गर्न सक्षम वाणिज्य बैंकको मान्यता पाएको हो । जीसीएफ जलवायु कार्यका लागि संसारकै सबैभन्दा ठूलो जलवायु प्रतिबद्ध कोष हो ।
‘जीसीएफबाट मान्यताबाट सम्मानित हुन पाउँदा खुसी छौं,’ एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले भने, ‘यो सम्मानले जलवायु परिवर्तन सम्बन्धी बैंकका नवीनतम र रूपान्तरणकारी परियोजनामा थप लगानी गर्न प्रेरित गरेको छ ।’
एनआईएमबीले हाल २ सय ७२ शाखा, ८१ शाखा रहित, २ सय ६६ एटीएम र ६५ एक्स्टेन्सन काउन्टर मार्फत ३२ लाख ९० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4