+
+

देउवाले तोके ३७ विभागका सचिव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १६:५९

२६ पुस, काठमाडौं। नेपाली कांग्रेसले ३७ विभागका सचिव तोकेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विभिन्न विभागका सचिव मनोनित गरेका हुन् ।

कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् ।

प्रदेश समन्वय विभागको सचिवमा डा. रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तनमा समीक्षा चौधरी सचिव तोकिएका छन् ।

सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा बुद्धिजिवीमा विजयी तुम्बाहाम्फे तोकिएका छन् ।

५६ विभागका प्रमुख तोकिएपनि पूर्णता भने पाउन सकेका छैनन् ।

हालका लागि एउटा विभागमा बढीमा दश सदस्य बनाउने गरी पार्टीले निर्देशन दिएको छ । विधान अनुसार प्रमुख सहित बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ ।

शुक्रबार तोकिएका विभागका सचिवहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?