+
+

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १२:५६
संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपाने

३ माघ काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले खड्काको संसदीय सुनुवाइ थाल्दै उजुरी आह्वान गरेको छ ।

खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।

समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ हुन न्याय परिषद्‌बाट समितिसमक्ष आएको बताइन् ।

संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए समितिसमक्ष दिने प्रयोजनका लागि उक्त सूचना सरकारी सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्न प्रस्ताव गरिएको हो ।

प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ ।

समितिको बैठक अर्को सूचना जारी भएपछि बस्नेगरी आजको बैठक स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?