+

जय नेपाल कप क्रिकेट : पूर्वाञ्चल र काठमाडौंको लगातार हार, ढाका र लखनउ अपराजित

२०८१ माघ  ११ गते १८:५९ २०८१ माघ ११ गते १८:५९
जय नेपाल कप क्रिकेट : पूर्वाञ्चल र काठमाडौंको लगातार हार, ढाका र लखनउ अपराजित

११ माघ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले काठमाडौंमा जारी जय नेपाल कप टी२० अन्तर विश्वविद्यालय क्रिकेटमा तेस्रो हार व्यहोरेको छ । योसँगै पूर्वाञ्चल समूह चरणबाटै बाहिरिएको छ ।

आज भएको पहिलो खेलमा पूर्वाञ्चल बंगलादेशको ढाका विश्वविद्यालयसँग १५२ रनको फराकिलो अन्तरले पराजित भयो ।

ढाकाले दिएको २३६ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल १९ ओभरमा ८३ रनमै समेटियो । धिरज यादवले सर्वाधिक १७ रन बनाए । ढाकाका लागि सारेर साकिबले ४ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको ढाकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २३५ रनको विशाल योगफल खडा गरेको थियो। मोहमद आस्वीर रहमानले ९६ रन बनाए भने सादिक खानले  ५० रन बनाएका थिए ।

पूर्वाञ्चलका नितेश यादव, धिरज यादव, अमितकुमार मण्डल र अभिषेक मण्डलले १-१ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा लखनउ विश्वविद्यालयले काठमाडौं विश्वविद्यालयलाई ७३ रनले हरायो । लखनउले दिएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८७ रन मात्र बनाउन सक्यो ।

जय नेपाल कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय