 
																			१४ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधि सभा अन्तर्गतको राजय व्यवस्था तथा सुशासन समितिको सदस्यका रुपमा रहन चाहेकी छन् । यसका लागि नाउपाको संसदीय दलको कार्यालयले संसद सचिवालयमा पत्र पठाएको छ ।
अघिल्लो सरकारमा श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन् । मन्त्री भएका कारण उनी कुनै पनि संसदीय विषयगत समितिमा थिइनन् । ‘राज्य व्यवस्था समितिमा रहने गरी संसद सचिवालयमा पत्र दिइएको छ । सदन चालू भएपछि हुन्छ भन्नुभएको छ’ श्रेष्ठले जानकारी दिइन् ।
संसद सचिवालयले भने कुनै निर्णय गरिनसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4