नेपाली सिनेमाका कलाकारहरुले स्टारडम र स्टारभ्यालुको गफ हाँकिरहदा निर्माताहरुका भने यस्तै गुनासो बढि नै सुनिएको छ । केही समय अघि चर्चित निर्माता माधव वाग्लेले सिनेमा बनाउनको लागि हिरो-हिरोइनको खडेरी लागेको गुनासो अनलाइनखबरसँग गरेका थिए ।
अहिले अर्का चर्चित निर्माता रोज राणा पनि यस्तै गुनासो गर्दैछन् । ‘ग्याङस्टार’ र ‘हिरोइन’ नामक दुई सिनेमा बनाउने घोषणा उनले गरेको लामै समय भैसकेको छ । तर दुबै सिनेमा बन्छन् कि बन्दैनन् भन्ने दुबिधा अझै पनि छ ।
‘अब सिनेमा बनाउनुपर्छ’, बाबु बनेपछि रोजले भने । ‘ग्याङस्टार’ र ‘हिरोइन’ कुन बनाउने त भन्ने प्रश्नमा रोजले दुबै बनाउन गाह्रो भएको तर्क गरे । पूर्णतया द्वन्द्वप्रधान बिषय रहेको ‘ग्याङस्टार’का लागि उनले हिरो नै पाएका छैन । ‘चलचित्रको कथाले आधादर्जन भन्दा धेरै हिरो माग्छ, तर यहाँ एकजना पनि भेट्टयाउन मुश्किल छ’, रोजले भने । यस्तै ‘हिरोइन’ बनाउनको लागि नायिका नै नभएको तर्क रोजले गरे । एउटा लेभलको स्टारडम भएको हिरोइन चाहिएको रोजको भनाई छ ।
नेपाली सिनेमाका निर्माताहरुले नेपालमा कामचलाउ भन्दा अन्य कलाकार नभएको गुनासो गर्न थालेका छन् । निर्माताहरुको यस्ता गुनासो प्रति कलाकारहरुले पनि ध्यान दिने पो हो कि ?
प्रतिक्रिया 4