 
																			१६ माघ, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह भोलि (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकका अनुसार बिहीबार गोरखपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
पूर्वराजा शाह अहिले भैरहवा छन् । उनी भैरहवाबाटै गोरखपुर जाने कार्यक्रम तय भएको पाठकले अनलाइनखबरलाई जानकारी दिए ।
‘भोलि भैरहवाबाटै गोरखपुर जाने कार्यक्रम छ,’ पाठकले भने, ‘गोरखपुर मन्दिरको दर्शन र पूजाआजाका लागि गोरखपुर सवार होइबक्सन्छ ।’
उनले अन्य कुनै कार्यक्रम तय नभएको पनि बताए । यद्यपि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट हुनसक्ने बताइएको छ ।
‘गोरखनाथको पुजारी आदित्यनाथजी हो । उहाँ पनि त्यहाँ जानुभयो भने भेट हुन पनि सक्छ,’ पाठकले थप प्रष्ट पार्दै भने, ‘खास सवारीको उद्देश्य चाहिँ गोरखनाथमा पुजा गर्ने हो ।’
हाल भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्री रहेका योगी लामो समय गोरखनाथ मन्दिका मुख्य पुजारी थिए ।
पूर्वराजा शाह कति दिन गोरखपुर रहने भन्नेबारे अहिले यकिन नभइसकेको उनले बताए ।
‘जाने दिन भोलि हो । कति दिन राज हुन्छ भन्ने मलाई थाहा छैन,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4