 
																			१७ माघ, काठमाडौं। हमासले बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकसहित ८ जनालाई मुक्त गरेको छ ।
बन्धक बनाइएका उनीहरूलाई इजरायलको क्षेत्रभित्र ल्याएर मुक्त गरेको इजरायली सेनाले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अलजजिराका अनुसार इजराइली नागरिकहरू २९ वर्षीया अर्वेल यहुद र ८० वर्षीय गादी मोसे मोजेस रहेका छन् ।
![Israeli captive Arbel Yehud is released to the Red Cross in Khan Younis, Gaza on January 30, 2025. [Moiz Salhi/Anadolu]](https://www.aljazeera.com/wp-content/uploads/2025/01/AA-20250130-36907526-36907524-1_ISRAELI_FEMALE_HOSTAGE_HELD_IN_GAZA_HANDED_OVER_TO_RED_CROSS_TEAMS-1-1738235750.jpg?w=770&resize=770%2C513&quality=80)
यस्तै ५ जना थाइ मजदुरहरूलाई पनि हमासले मुक्त गरेको छ । थाइ नागरिकहरू भने दक्षिण इजरायलमा मजदुरी गरिरहेका बेला हमासको फन्दामा परेका थिए ।
अर्बेललाई हमासले गाँजा क्षेत्रबाट रेडक्रसको जिम्मा लगाइएको एशोसिएट प्रेसले जनाएको छ ।
![Israeli captive Arbel Yehud is released to the Red Cross in Khan Younis, Gaza on January 30, 2025. [Moiz Salhi/Anadolu]](https://www.aljazeera.com/wp-content/uploads/2025/01/AA-20250130-36907526-36907520-1_ISRAELI_FEMALE_HOSTAGE_HELD_IN_GAZA_HANDED_OVER_TO_RED_CROSS_TEAMS-1738235768.jpg?w=770&resize=770%2C513&quality=80)
एपीका अनुसार हमासले इजरायली नागरिकलाई रिहा गरेपछि इजरायलको जेलमा रहेका ११० जना प्यालेस्टाइनी नागरिकलाई छाड्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4