+
+

बुवा बन्दै बले, भन्छन्- ‘लक्की फिल गरिरहेको छु’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १२:१०

काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा होमिएका चर्चित कलाकार सागर लम्साल ‘बले’लाई यतिबेला भाग्यले साथ दिइरहेको छ । गतसाता उनले ‘डल्लेले इन्ट्री मार्‍यो’मा ३५ लाख रुपैयाँ पारिश्रमिक लिएर साइन गरेको कुरा बाहिर आयो ।

उनको महत्वपूर्ण भूमिका रहेको कथानक फिल्म ‘लाज शरणम’ शिवरात्रीदेखि रिलिज हुँदैछ । फिल्मको टिजर हेर्दा बलेको रोल यसमा अर्थपूर्ण र महत्वपूर्ण हुने देखिएको छ । यसबाहेक टिभी श्रृंखला ‘सक्किगो नि’ले उनलाई लोकप्रियता दिलाइरहेको छ ।

यस्तोमा, बलेलाई लिएर नयाँ खबर छ । उनी चाँडै बुवा बन्दैछन् । असार ३० गते उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसेर सबैलाई सरप्राइज दिएका थिए । स्नेहा ५ महिनाकी गर्भवती छिन् । बलेले अनलाइनखबरसँग कुरा गर्दै आफू पिता बन्न लागेको बताए ।

पेशाले नर्स स्नेहा यतिबेला घरमै आराम गरिरहेकी छिन् । एकातिर गर्भवती पत्नीलाई स्याहार्नुपर्ने र अर्कोतिर ‘लाज शरणम’को प्रचारमा जुट्नुपर्ने ब्यस्तता बलेसामु छ । ‘म यतिबेला लक्की महसुस गरिरहेको छु’ बलेले भने, ‘पहिलो सन्तान हाम्रो परिवारको लागि लक्की चार्म हुने देखेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?