 
																			२० माघ, काठमाडौं । सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्ति निर्णय बदर गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनलाई नियुक्ति गर्ने ६ मंसिरको मन्त्रिपरिषद्को निर्णय बदर गर्न आदेश दिएको हो ।
नियुक्तिको सिफारिस हुनासाथ उनको योग्यतामाथि प्रश्न उठेको थियो ।
प्राविधिक शिक्षा एवं व्यवसायिक तालिमको क्षेत्रमा १५ वर्ष काम गरेकाहरू मात्रै योग्य हुने व्यवस्था रहेकोमा कम योग्यता भएको व्यक्तिलाई सिफारिस गरिएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले नियुक्ति बदर गर्न आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4