+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सीटीईभीटीको उपाध्यक्ष पदमा दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते ६:५७

२४ मंसिर, काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष पदमा दरखास्त आह्वान गरेको छ ।

उपाध्यक्ष पदका लागि नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।

सूचनामा लेखिएअनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन भनिएको छ ।

दरखास्तका साथ वैयक्तिक विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, स्नातकोत्तर तहको प्रमाणपत्र (विद्यावारिधि भए सोसमेत), परिषदबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक पदमा कार्यरत नभएको स्वघोषणा र अनुभवसहितका कागजात बुझाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?