+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एसवाई कस्मेटिक्सको ‘इन्फ्लुएन्सर मिट’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते १६:०५

काठमाडौं । दक्षिण कोरियाली कस्मेटिक्स ब्रान्ड एसवाई कस्मेटिक्सले नेपालमा रहेका आफ्ना विक्रेता तथा उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न इन्फ्लुएन्सर मिट कार्यक्रम आयोजना गरेको छ।

मंगलबार ललितपुरको होटल हिमालयस्थित सम्पन्न कार्यक्रममा कम्पनीको उत्पादन, व्यापारिक मोडेल, र बजार विस्तार रणनीतिबारे जानकारी गराइएको थियो।

एसवाई कस्मेटिक्स नेपालमा कस्मेटिक तथा स्किनकेयर उद्योगको दायरा फराकिलो बनाउने लक्ष्यसहित आफ्नो सेवा विस्तार गरिरहेको छ।

एसवाई इन्टरप्राइजेज प्रा. लि. द्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यूटिसियन, कस्मेटोलोजिस्ट, व्यवसायी, र सामाजिक सञ्जाल प्रभावशालीहरू (इन्फ्लुएन्सर) गरी ४० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा एसवाई ग्रुपका प्रबन्ध निर्देशक (एमडी) छोइ डुङले नेपालमा कम्पनीका उत्पादनहरूको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै व्यवसाय विस्तारमा विक्रेताहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।

उनले नेपाली बजारमा एसवाई ब्रान्डलाई अझ मजबुत बनाउन सम्पूर्ण विक्रेताहरूलाई सहकार्य गर्न आग्रह गरे।

नेपालमा एक वर्षअघि प्रवेश गरेको छोटो समयमा नै एसवाई कस्मेटिक्सले विभिन्न सौन्दर्य तथा छाला हेरचाहका उत्पादनहरू बजारमा ल्याइसकेको छ।
कम्पनीले हाल सन क्रिम, ग्राफिन स्याम्पु, सिआईसिए मास्क सिट, भिटामिन सी एम्पोल, प्राइमस लिफ्टिङ जेल, स्किन क्लिन्जर, क्लिन्जिङ फोम लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ।

‘स्टे योङ ’ भन्ने मूल नाराका साथ कम्पनीले नेपालभर आफ्नो उत्पादनको पहुँच विस्तार गर्दै इ–कमर्स प्लेटफर्महरूसमेत प्रयोग गरिरहेको जनाएको छ।

व्यापार प्रवद्र्धनलाई तीव्र बनाउन कम्पनीले उत्कृष्ट प्रदर्शन गर्ने विक्रेताहरूका लागि विशेष प्रेरणादायी अफर ल्याएको छ।

सबैभन्दा राम्रो व्यापार गर्ने इन्फ्लुएन्सरहरूलाई पोखरा, भारत, दुबई, र कोरिया भ्रमण प्याकेज उपलब्ध गराउने योजना एसवाई कस्मेटिक्सले सार्वजनिक गरेको छ।
नेपालमा विगत आठ वर्षदेखि विभिन्न उपभोक्ता सामग्री उपलब्ध गराइरहेको एसवाई समूहले आगामी दिनमा थप नवीन उत्पादन तथा सेवा नेपालमै विस्तार गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?