नवजात शिशुलाई सुताउँदा उसको सुरक्षाको विशेष ख्याल राख्नु पर्ने हुन् । यदि बच्चा राम्ररी सुत्न सकेनन् भने पूर्णनिद्रा पाउँदैनन्, यस्तो अवस्थामा बच्चा दिनभर चिडचिडाहट हुन्छन् ।
त्यसैले अस्पतालमा शिशु जन्मिएपछि उसलाई आमासँगैको ओछ्यानमा नभई शिशुको लागि अर्कै अनुकूल स्थानमा राखिन्छ । नवजात शिशुलाई आमासँग सुताउँदा दुर्घटनाको सम्भावना हुने भएकोले उनीहरूको सुरक्षाको लागि यसो गरिन्छ । तर, कतिपय अभिभावकलाई घरमा शिशुका लागि छुट्टै ओछ्यानको व्यवस्था गर्न गाह्रो हुनसक्छ, जसका कारण उनीहरू शिशुसँग एउटै ओछ्यानमा सुत्नु पर्ने हुन्छ ।
यस्तोमा नवजात शिशुसँग सुत्दा यी १० कुरामा विशेष ध्यान दिनुपर्छ
१.यदि शिशुको लागि छुट्टै ओछ्यानको व्यवस्था गर्न सकिएन भने आफ्नो र बच्चाको लागि ठूलो ओछ्यानको व्यवस्था भने गर्नुपर्छ । जसले गर्दा अभिभावक र शिशु आरामसँग सुत्न सकिन्छ ।
२.शिशुको लागि छुट्टै नरम डसनाको व्यवस्था गर्नुपर्छ । जसले गर्दा शिशु आरामले निदाउन सक्छन् । त्यसैले शिशुको लागि नरम र राम्रो गुणस्तरको डसना छान्नुपर्छ ।
३.शिशुलाई प्राय: बीचमा सुताइन्छ । यस्तोमा शिशुलाई सुत्नको लागि पर्याप्त ठाउँ पुगोस् भनेर विशेष ध्यान दिनुपर्छ । दुवै पार्टनरले कुन पोजिसनमा सुत्ने भन्ने विषयमा छलफल गर्नुपर्छ । बेडको छेउ खाली नहोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । किनकि शिशु यताउता घस्रिन वा हिँडडुल गर्न थालेपछि थप समस्या हुन्छ र छोऊ खाली हुँदा ओछ्यानबाट खस्ने र दुर्घटना हुने डर हुन्छ ।
४.आमाबुबाले सुत्दा छुट्टा छुट्टै कम्बल प्रयोग गर्नुपर्छ । शिशु बीचमा सुतिरहेको हुनाले, उसको लागि पनि छुट्टै कम्बल लिनुपर्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको आमाबुबाको कम्बल शिशुमाथि नपरोस्, यसले शिशु निसास्सिन सक्छ ।
५.सुत्दा बच्चाको टाउको कहिल्यै छोपिदिन हुँदैन वा छोपिन हुँदैन । यसले गर्दा पनि बच्चा निसास्सिन सक्छ ।
६.आमाले बच्चालाई काखमा राखेर सोफा, वा कुर्सीमा सुत्न हुँदैन । यसरी सुतियो भने बच्चा बिउँझिएर लड्ने सम्भावना हुन्छ ।
७ .कोठामा सधैँ मधुरो बत्ती राख्नुपर्छ वा ओछ्यानको नजिक नाइट ल्याम्प राख्नुपर्छ । यसो गर्दा बच्चा रातमा उठ्यो वा उसलाई केही समस्या भयो भने हेर्न सजिलो हुन्छ ।
८.सुतिरहेको बेला बच्चालाई आफ्नो आँखा अगाडी नै राख्नुपर्छ । आफ्नो एउटा हात उसको टाउको मुनि र अर्को खुट्टा मुनि राख्नु उपयुक्त हुन्छ । किनकि यसो गर्दा बच्चा धेरै चल्न पाउँदैनन् र दुर्घटना हुने सम्भावना कम हुन्छ ।
९.नवजात शिशु र अर्को बच्चालाई सँगै सुताउनु हुँदैन । घरमा दुई वटा बच्चा छन् भने एउटा बच्चासँग आमा र अर्को बच्चासँग बुबा सुत्नु राम्रो हुन्छ ।
१०.आफ्नो बच्चालाई ओछ्यानमा कहिल्यै एक्लै छोड्नु हुँदैन, विशेष गरी जब उ घस्रिन वा हिँडडुल गर्नथाल्छ । यो बेला उसलाई एक्लै छोड्दा ओछ्यानबाट तल खस्ने र दुर्घटना हुने सम्भावना हुन्छ ।
प्रतिक्रिया 4