+
+

जनकपुरको मुस्कान अस्पतालमा मुख्यमन्त्रीको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते २१:०५

२५ माघ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित मुस्कान अस्पताल अनुगमन गरेका छन् ।

पिडारीचोकमा रहेको उक्त अस्पतालले पित्तथैलीको शल्यक्रियामा गरेको लापरबाहीबारे अनलाइनखबरले शुक्रबार दिउँसो समाचार प्रकाशित गरेको थियो ।

लगत्तै मुख्यमन्त्री सिंह साँझ नै पुगेर अस्पतालको अनुगमन गरेका हुन् । मुख्यमन्त्रीमा अनुगमनमा पुग्दा दुईजना मात्रै स्वास्थ्यकर्मी थिए ।

उनीहरुले अस्पतालका अन्य कुराहरूबारे थाहा नभएको मुख्यमन्त्रीसमक्ष बताए ।

यता, मुख्यमन्त्री सिंहले आधा घण्टामा अस्पताल सञ्चालकलाई बोलाउन निर्देशन दिएका छन् ।

सैयद अलि सञ्चालक रहेको भनिएको यो अस्पताल मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत दर्ता भएको रेकर्ड छैन ।

उक्त अस्पताल दर्ता बिनै सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?