 
																			२९ माघ, काठमाडौं । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद् टकरावको थलो नभएको बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले संसद् संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताए ।
संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको उनको भनाइ थियो ।
‘संसद संवादको थलो हो । टकरावको थलो होइन । संसद विधिको थलो हो जिद्दीको थलो होइन । संसद सज्जनको थलो हो अराजकको थलो होइन,’ सांसद रिजालले भने ।
जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने बताउँदै उनले संसद् भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरुलाई आग्रह गरे ।
‘जनताको जनप्रतिनिधिले जुन एउटा उचाईमा जवाफदेही, जिम्मेवार बनाएर पठाएका छन्, त्यसलाई शिरोधार्य गर्नुपर्छ । त्यसको परिपालना गर्नुपर्छ । संसद् भनेको एउटा नियमनको थलो हो । तथानामको थलो होइन,’ उनले भने ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4