+
+
Shares

नेपाली फिल्म ‘पीआर’को छायांकन अस्ट्रेलियामा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १८:१२

काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर को मंगलबार अस्ट्रेलियामा छायांकन सुरु भएको छ ।

त्यहाँको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित शाह र लेन-वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।

निर्देशक बस्नेतका अनुसार कलाकार आरए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट् दिएका थिए । फिल्ममा कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको पनि अभिनय हुनेछ ।

प्रदीप दाहाल र लक्ष्मण सापकोटा निर्माता हुन् । गणेश केसी कार्यकारी निर्माता छन् । मानसराजको संगीत, बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ ।

निर्देशक बस्नेतले छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत नेपालमा गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?